About Me

header ads

पहिरोले उछिट्याएर मोटरसाइकल तिनाउ खोलामा, चालकको मृत्यु

बुटवल तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै रहेको हेडबक्समा ठुला ढुंगासहितको झरेको सुख्खा पहिरोले मोटरसाइकल तिनाउ खोलामा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।



लु ५० प ४६७१ मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुईंटेलले जानकारी दिए।

पहिरोले उछिट्याएर मोटरसाइकल तिनाउ खोलामा झरेको थियो। धनबहादुरको शव पहिरोमा च्यापिएको थियो। घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र पहिरोले बाटो समेत अवरूद्ध भएको कारण करिब २ घण्टा लगाएर सो स्थानबाट चालकको शवलाई निकालिएको उनले बताए। शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि लगिएको छ

सिद्धबाबा तथा बुटवल क्षेत्रमा अहिले पानी नपरे पनि पहिरो भने झरिरहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments